भारत – भारतका कम्युनिष्ट नेता कन्हैया कुमार भारतीय कंग्रेस पार्टी प्रवेश गरेका छन् ।


ADVERTISEMENT


उनले कांग्रेस प्रवेश गर्ने क्रममा आाजको आफ्नो विपक्षी को को छन् भनी चिनेको खण्डमा आफ्नो मित्र आफैं पत्ता लाग्ने बताएका थिए ।


ADVERTISEMENT

# # #


उनीसँगै गुजरातका विधानसभा सदस्य जिग्नेश मेवानीले पनि कंग्रेस पार्टी प्रवेश गरेका हुन्।

मंगलबार दिल्लीमा राहुल गान्धी सहभागी कार्यक्रममा उनीहरूले पार्टी प्रवेश गरेका हुन्।

पार्टी प्रवेश कार्यक्रममा कंग्रेसका महासचिव केसी भेनुगोपाल र गुजरात कंग्रेसका निमित्त अध्यक्ष हार्दिक पटेल सहभागी थिए।

कार्यक्रमपछि भेनुगोपालले पत्रकारलाई सम्बोधन गरेका थिए।

कन्हैया कुमार यो देशमा अभिव्यक्ति स्वतन्त्रताको लागि लडिरहेका छन्।

उनी विद्यार्थी नेता भएर कट्टरपन्थीवादविरूद्ध लडेका छन्  ।

कन्हैया कुमार जवाहारलाल नेहरू विश्वविद्यालयको विद्यार्थी युनियनका अध्यक्ष र अल इन्डिया स्टुडेन्टस् फेडेरेसनका राष्ट्रिय नेता थिए।

पछिल्लो समय उनी कम्युनिष्ट पार्टी अफ इन्डियामा आवद्ध थिए।