काठमाण्डौं-चालु आर्थिक वर्ष निर्वाचन भएपछि मुलुकको विकास निर्माण कार्य ठप्प भएको छ ।


ADVERTISEMENT


वैशाख १५ गते बजेट आउने बाध्यकारी व्यवस्था भएपनि यो वर्ष स्थानीय तहसँगै लगातार प्रदेश र प्रतिनिधीसभा निर्वाचन भएकाले विकास खर्चमा प्रभाव परेको हो ।


ADVERTISEMENT

# # #


वैशाख ३१, असार १४ र असोज २ गते स्थानीय तह निर्वाचन पछि मंसिर १० र २१ गते प्रदेश र प्रतिनिधीसभा निर्वाचनमा होमिएको छ । निर्वाचन आचारसंहिताका कारणपनि विकासतर्फ उल्लेख्य खर्च हुन नसेको अर्थमन्त्रालयले जनाएको छ ।

चालु आर्थिक वर्षको ४ महिना राष्ट्रिय प्राथमिकता प्राप्त २१ आयोजनामा वजेट निकासा हुन सकेको छैन ।

यो वर्ष सरकारले विकास निर्माणका लागि ३ खर्व ३५ अर्व रुपैयाँ हाराहारीमा बजेट निकासा गरेको थियो । तर हिजो सम्ममा ५ दशमलव ५७ प्रतिशत अथार्त जम्मा १८ अर्व रुपैयाँ हाराहारीमा मात्रै खर्च भएको छ ।