झापा – नेपाल खेलकुद महासंघ झापाले जिल्ला कमिटीको चयन गरेको छ । जिल्लामा रहेका सम्पूर्ण पालिकाहरुबाट उपस्थित सदस्यहरुबाट जिल्ला कमिटी चयन गरिएको हो ।


ADVERTISEMENT


मंगलबार बसेको जिल्ला कमिटी भेलाले खेलकुद महासंघ झापाको कमिटी गठन गरेको हो ।


ADVERTISEMENT

# # #


जिल्ला भेलाले अध्यक्षमा भवानी बराललाई चयन गरेको छ । कमिटीको उपाध्यक्षमा धनबहादुर तामाङ चुनिएका छन् । त्यसैगरी सचिवमा शैलेन्द्र सिटौला चयन भएका छन् ।

कमिटीमा सहसचिव चन्द्रमणि गौतम अटाएका छन् भने कोषध्यक्षमा प्रणीता पोखरेल चयन भएकी हुन् । सह कोषाध्यक्षमा मुना सिग्देल चयन भइन् ।

भेलामा जिल्लाका खेलकुद क्षेत्रमा काम गरिरहेका विभिन्न व्यक्तित्वहरुको उपस्थिति थियो । खेलकुद महासंघका केन्द्रीय अध्यक्ष रमेश पौडेल र वरिष्ठ उपाध्यक्ष पर्शुराम बस्नेत सो कार्यक्रममा उपस्थित रहेका थिए ।

कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पर्शुराम बस्नेतले खेलकुदका माध्यमबाट धेरै रोजगारी मुलुकमै सिर्जना गर्न सकिन्छ, राष्ट्रियएकता बलियो बनाउन सकिन्छ, सामाजिक सद्भाव कायम गर्न सकिन्छ पर्यटनको विकास गर्न सकिन्छ भनी बताए ।

त्यसैगरी अध्यक्ष पौडेलले नेपाल खेलकुद माहासंघ खेल क्षेत्रको अभिभावक भएको बताए । उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री हुँदा खेलाडीहरुलाई आशा जगाएको कुरालाई माहासंघले आत्मासात गरिहेको समेत बताए

यसैगरी अध्यक्षका प्रत्यासी रहेका युवराज पाठकलाई भने केन्द्रीय कमिटीमा मनोनित गरी जिल्ला सह-इन्चार्ज बनाउने निर्णय भएको अध्यक्ष भवानी बरालले जानकारी दिइन् । यसका अतिरिक्त विभिन्न सदस्यहरु पनि सर्वसम्मत चयन भएको बरालले जनाइन् ।