काठमाण्डौं-प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले निर्वाचनसम्बन्धी क्रियाकलापमा बालबालिकाको प्रयोग निषेध गरिएको बताएका छन् । उहाँले बालबालिकालाई आमसभा, जुलुस, प्रचारप्रसार लगायत कुनै पनि राजनीतिक गतिविधिमा सहभागी नगराउन राजनीतिक दल तथा उम्मेदवारहरूसँग आग्रह पनि गरेका छन् ।
बालशिक्षा र अधिकारको क्षेत्रका कार्यरत गैरसरकारी सङ्घसंस्थाले दिएको नागरिक अपिल बुझ्दै प्रमुख आयुक्त डा. यादवले निर्वाचनको बेला विद्यालयमा कुनै पनि राजनीतिक गतिविधि गर्न निषेध गरिएको जानकारी दिए ।
सकभर विद्यालयमा यस पटक मतगणना गर्ने आयोगको नीति नभएको तर जिल्ला सदरमुकामका विद्यालयमा मतगणना हुन सक्ने सम्भावना भने उनले औँल्याए ।


ADVERTISEMENT


राजनीतिक दल र उम्मेदवारबाट हुन सक्ने बालबालिकाको प्रयोगलाई निरुत्साहन गर्न आयोग सहज र सचेत रहेको पनि उनले बताए । शिक्षक तथा अभिभावकलाई निर्वाचनमा बालबालिकाको प्रयोग हुनुहुन्न भनी जिल्ला तहमा सचेतना ¥याली निकाल्न सुझाव दिँदै प्रमुख निर्वाचन आयुक्त डा. यादवले शान्ति क्षेत्रको रूपमा रहेको विद्यालयमा राजनीतिक गतिविधि सञ्चालन गर्नु हुँदैन भन्नेमा आयोग दृढ रहेको उल्लेख गरे । आयोगलाई हस्तान्तरण गरिएको नागरिक अपिलमा विद्यालय परिसरभित्र प्रचारप्रसार, भित्ते लेखन, जुलुस, राजनीतिक छलफल, अन्तक्र्रिया, गोष्ठी र सभा नगर्न, पठन पाठनलाई असर गर्ने कार्यक्रम नबनाउन, बालबालिकालाई राजनीतिक क्रियाकलापमा संलग्न नगराउन तथा विद्यालयको पठन पाठनलाई नियमित तुल्याउन सहयोग पु¥याउन आग्रह
गरिएको छ ।


ADVERTISEMENT

# # #


विद्यालयको कुनै पनि आर्थिक, भौतिक स्रोत साधन तथा वस्तु आदिलाई दलविशेष राजनीतिक प्रयोजनका लागि प्रयोग नगर्न, स्थानीय तहमा रहेका राजनीतिक प्रतिनिधिलाई शैक्षिक विकासका लागि पूर्ण जवाफदेही बन्न तथा विद्यालयको हाताभित्र कुनै पनि हातहतियारको प्रदर्शन नगर्न पनि बालअधिकारका क्षेत्रमा कार्यरत सङ्घ संस्थाले अपिल गरेका छन् । विद्यालय परिसरमा सम्भव भएसम्म मतदान केन्द्र नराख्न अपिल गरिए पनि अन्यत्र स्थान अभावका कारण अधिकांश विद्यालयमा नै मतदान सञ्चालन गर्नुपर्ने बाध्यात्मक अवस्था रहेको आयोगको तर्फबाट सो अवसरमा जानकारी गराइएको थियो ।

अपिल बुझाउन शिक्षाका लागि राष्ट्रिय अभियान, युनिसेफ, बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान, शिक्षा पत्रकार समूह, शिक्षा पत्रकार सञ्जालका प्रतिनिधिहरू आयोग पुगेका थिए ।  यसैबीच, प्रमुख निर्वाचन आयुक्त डा. यादवले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष बनाउन लागि सञ्चार जगत्बाट बलियो सहयोग प्राप्त भइरहेको बताएका छन् । उनले आमसञ्चार अनुगमनको जिम्मा यस पटक पनि प्रेस काउन्सिल नेपाललाई दिइएको जानकारी दिए ।

नेपाल पत्रकार महासङ्घका कार्यवाहक अध्यक्ष विपुल पोखरेलको नेतृत्वमा आएको टोलीसँगको कुराकानीमा उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न निर्वाचन तोकिएकै समयमा गर्न आयोगले आफ्नो तयारीलाई तीव्र बनाएको बताए । ‘निर्वाचन हाम्रो हो, यसमा महासङ्घको के योगदान हुन सक्छ भनेर जुन जिज्ञासा राखेका छन्, यसले निर्वाचनप्रतिको कर्तव्य सबैको हो भन्ने प्रमाणित भएको छ’, त्यस क्रममा डा. यादवले भने । उनले पत्रकारहरूको आफ्नै आचारसंहिता छ, त्यसमा निर्वाचन आचारसंहिताको समेत पालना गर्न आग्रह गरे ।

निर्वाचन आयुक्त नरेन्द्र दाहालले निर्वाचनको वातावरण निर्माण गर्न सञ्चार क्षेत्रले पु¥याएको योगदानको प्रशंसा गर्दै निर्वाचनमा महासङ्घजस्तो संस्थाको योगदान महत्वपूर्ण हुने विश्वास व्यक्त गरे । महासङ्घको टोलीमा महासचिव रमेश विष्ट, सचिव रेम विश्वकर्मा, सचिव रामप्रसाद दाहाल, कोषाध्यक्ष राजेश मिश्र लगायत सहभागी थिए ।