काठमाडौं – पछिल्लो २४ घन्टामा देशभर कोरोनाबाट संक्रमित हुनेभन्दा निको हुनेको संख्या धेरै देखिएको छ ।


ADVERTISEMENT


हाल नेपालमा थप ८ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


ADVERTISEMENT

# # #


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ८ हजार २ सय १९ जनाको पिसिआर र एन्टिजेन परीक्षण गर्दा ८ सय ६७ जना संक्रमित भेटिएका हुन् ।

त्यस्तै, आज थप ९ जना संक्रमितको मृत्यु भएको छ। यस्तै, शनिबार १ हजार १ सय २३ जना संक्रमित संक्रमणमुक्त भएका छन् ।

हाल देशभर १७ हजार ६ सय ४२ जना सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले विवरणमा जनाएको छ।