काठमाण्डौं-यहि मंसिर २१ गते हुने प्रतिनिधीसभा र प्रदेशसभा सदस्यको निर्वाचनलाई मध्यनजर गरी अछाममा मदिरा निषेधित क्षेत्र घोषणा गरिएको छ । मंसिर १ गते देखी मतपरिणाम सार्वजनिक भएको सात दिन सम्म्को लागि मदिरा निषेधित क्षेत्र घोषणा गरिएको हो ।


ADVERTISEMENT


स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ९३ (क) बमोजिम जिल्लाभर मादक पदार्थ बिक्रिवितरणमा रोक लगाइएको डिएसपी दधिराम न्यौपानेले जानकारी दिए । जिल्लामा शान्तिसुरक्षा प्रदान गरी भयरहित वातावरणमा निष्पक्ष र धाँधली रहित निर्वाचन सम्पन्न गर्न गराउनका लागि मदिराको विक्रि वितरणमा रोक लगाइएको उनले जानकारी दिए ।


ADVERTISEMENT

# # #


जिल्ला प्रहरी कार्यालय अछामले सुचना जारी गरेर सदमुकाम र जिल्लाका अन्य सवै क्षेत्रमा मदिराको विक्री वितरण नगर्न निर्देशन दिइसकेको जनाएको छ । जिल्ला प्रहरी कार्यालयले शंका लागेका होटेलमा जुन सुकै समयमा अनुगमन गर्न सक्ने पनि स्पष्ट पारेको छ ।

रात्रीकालिन समयमा मापसे गरेर होहल्ला गर्ने प्रवृति रोक्न, अवाञ्छित गतिविधि नियन्त्रण गर्न र सार्वजनिक सुरक्षामा असर पार्ने गतिविधि हुन नदिन मदिरा निषेध गरिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

अछाममा ५५ मतदान स्थल अति संवेदनशिल ६५ मतदान स्थल संवेदनशील र ९ मतदान स्थल सामान्य रहेको प्रमुख जिल्ला अधिकारी किसोर कुमार चौधरीले जानकारी दिए । १२९ मतदान स्थल र १९७ मतदान केन्द्र रहेको अछाममा मतदान स्थल र मतदान केन्द्रको अवलोकन निरिक्षणको काम भईरहेको चौधरीले वताए ।

हाल सम्म १० स्थानिय तह मध्ये चौरपार्टी, मेल्लेख र बान्नीगढीमा रहेका मतदान स्थल र मतदान केन्द्रको अवलोकन निरिक्षण भइसकेको र बाँकी ठाउमा पनि अवलोकन निरिक्षण गरिने प्रशासन कार्यालय अछामले जानकारी दिएको छ । चुनाव लक्षित सुरक्षा व्यवस्थालाई मजबुद बनाउन जिल्लाका विभिन्न मतदान केन्द्रलाई वर्गिकरण गरी सोही अनुसारको सुरक्षा व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी चौधरीले जानकारी दिए । -नयाँ पत्रिकाबाट