जापान – जापानका प्रधानमन्त्री फुकिओ किशिदाले प्रधानमन्त्रीमा नियुक्त भएकै दिनमा  निर्वाचनको तयारी गरेका छन् ।  किशिदाले यसको तयारीसमेत  थालेको समाचार एजेन्सी सिन्ह्वाले जनाएको   छ ।


ADVERTISEMENT


किशिदाले देशको १००औं प्रधानमन्त्रीमा नियुक्त भएपछि आयोजित पत्रकार सम्मेलनमा निर्वाचनको मिति घोषणा गर्ने तयारीमा रहेको जानकारी दिएका हुन् ।


ADVERTISEMENT

# # #


उनले यही अक्टोबर ३१ का दिन निर्वाचन गराउने तयारी गरेको जनाइएको छ । जापानको प्रतिनिधिसभाको समय यही अक्टोबर २१ देखि सकिन लागेको छ । त्यसैले उनले जिम्मेवारी सम्हाल्ने बित्तिकै निर्वाचनको तयारीमा लागेका हुन् ।

निर्वाचन गराउनका लागि उनले यही अक्टोबर १४ तारिखका दिन तल्लो सदन विघटन गर्ने योजना पनि बनाइएको जनाइएको छ ।

प्रधानमन्त्री किशिदाका अनुसार नयाँ संसद्का लागि निर्वाचित हुन चाहने उम्मेदवारहरूले यही अक्टोबर १९ देखि मात्रै प्रचारप्रसार अभियान सुरु गर्न पाउने छन् । सिन्ह्वा