काठमाडौं – डीआईजी धिरजप्रताप सिंहकाे ‘ऐतिहासिक’ अपरेसनमा  सिभिल ग्रुपका अध्यक्ष ईच्छाराज तामाङलाई निक्षेपकर्तालाई ठगी गरेको अभियोगमा पक्राउ गरिएको छ ।


ADVERTISEMENT


प्रहरीले ठूलो सफलता हासिल गर्दै सिभिल ग्रुप, सिभिल सहकारी तथा सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङलाई पक्रिएको हो ।


ADVERTISEMENT

# # #


प्रहरीले सो अपरेसनमा ईच्छाराज तामाङलाई मात्र पक्रिएन उनीसहित एक दर्जनलाई पनि निक्षेपकर्तालाई लगातार ठगी गरेको आरोपमा पक्राउ गरेको हो।

उनीहरूविरूद्ध निक्षेपकर्ताहरूले ब्युरोमा जाहेरी दिएपछि सोमबार केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले तामाङसहितलाई पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्युरो प्रमुख प्रहरी नायब महानिरीक्षक धीरजप्रताप सिंहले बताएका छन् ।

सिंहका अनुसार तामाङसहितका व्यक्तिले करीब  ४६ करोड रुपैयाँ ठगी गरेको ब्यूरोसँग रिपोर्ट छ । लगातार ठगी गरिरहेका तामाङ  राजनैतिक सहारासमेत लिई संविधान सभामा एमालेका तर्फबाट सभासदसमेत थिए ।

तामाङसहितका व्यक्तिलाई सुन्धारा क्षेत्रबाट पक्राउ गरिएको महानिरीक्षक धीरजप्रताप सिंह बताउँछन् । तामाङले सिभिल सहकारीमा आफूखुसी ऋण प्रवाहसमेत गरेको जाहेरीवालाहरुको निवेदनमा बताइएको सिंहले जानकारी दिए।

कुल ३१ करोड २४ लाख ५७ हजार ९ सय रुपैयाँ शेयर पुँजी रहेको सिभिलले ८ अर्ब ३५ करोड १० लाख ८ हजार रुपैयाँभन्दा धेरै कर्जा लगानी गरेको छ। सर्वसाधारणको ८ अर्ब रुपैयाँ निक्षेप लिएर इच्छाराजले ७ अर्ब रुपैयाँभन्दा बढी आफैंले कर्जा लिएका छन्।

यस अघि उनीविरूद्ध सहकारी विभागमासमेत उजुरी परेको सिंहले खुलासा गरे । डिआइजी सिंहले भने ‘विभागले सिआइबीलाई कारबाही गर्न पत्र पठाएपछि हामीले पक्राउ गरेका हौं।’