कपिलवस्तु – कपिलवस्तुको कृष्णगनर नगरपालिकामा फैलिएको झाडापखालको प्रकोपबाट २ जनाको मृत्यु भएको छ ।


ADVERTISEMENT


झाडापखालाबाट वडा नंम्बर ९ वहादुरगन्जमा २ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा वर्ष ५ का राज कश्यप र वर्ष ४० का राम प्रसाद केवट रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख हेमराज पाण्डेयले बताए ।


ADVERTISEMENT

# # #


बालक कश्यपको स्थानीय निजी क्लिनीकमा उपचार गर्नेक्रममा र केवटको घरमै मृत्यु भएको पाण्डेयले बताए । नगरपालिकाको वडा नं. ५, ७, ८ र ९ वडामा प्रकोप फैलिएको उहाले जानकारी दिए।

प्रकोप रोकथामका लागि जिल्ला स्वास्थ्य कार्यालयको टोली मंगलवार बहादुरगंज पुगेको छ भने प्रदेशबाट उपचार टोली समेत त्यहा पुगेको उनको भनाई छ ।

वडाभरि प्रकोप फैलिएपछि शिवराज अस्पताल, निजी क्लिनिक र स्वास्थ्य चौकीमा बिरामीको चाप बढेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका हेल्थ असिस्टेन्ट उमेशचद्र घिमिरेले बताए ।

नगरपालिकाको बहादुरगन्ज, सुखरामपुर, देवानगढिया, जमुनी, दयानगर, विजयनगर, जुमिला, डबरा लगायतका गाउँमा झाडापखाला र बान्ताका बिरामी बढी देखिएका छन् ।

झाडापखाला के कारण फैलिएको हो भन्ने एकिन कारण पत्ता लागिनसके पनि वर्षायाममा दूषित पानीको कारण झाडापखाला फैलिएको हुनसक्ने डाक्टर मुकेश चौधरीले बताए ।