काठमाण्डौं- वीरगन्जको घण्टाघरबाट प्रहरीले अवैध चाँदीका गरगहनासहित दुई जना महिलालाई पक्राउ गरेको छ । भारतको रक्सौलबाट अवैध रुपमा चाँदी लिएर आउदै गरेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीको टोलीले पाँच केजी चाँदीका गरगहनासहित रौतटहको चन्द्रपुर नगरपालिका ४ की ३३ वर्षीया दिपिका विश्वकर्मा र २२ वर्षीया राधिका विश्वकर्मालाई पक्राउ गरेको हो ।


ADVERTISEMENT


उनीहरुको साथबाट चाँदीका दाना ३ किलो ५ सय ४३ ग्राम, चाँदीका औठी, बाला, सिक्री गरी एक किलो ६ सय ग्राम बरामद भएको प्रहरीले जनाएको छ। चाँदीसहित पक्राउ परेका दुवै महिलालाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि बिहीबार नै राजश्व अनुसन्धान विभाग मध्यमाञ्चल क्षेत्रीय कर्यालय पथलैयामा पठाइएको पर्साका प्रहरी उपरीक्षक डाक्टर गणेश रेग्मीले जानकारी दिए।
बारामा गाजासहित दुई पक्राउ
बारामा बिहीबार बिहान सशस्त्र प्रहरीले गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। सशस्त्र प्रहरीको रुद्र बाहिनी पथलैया र सीमा सुरक्षा कार्यालय बाराको संयुक्त टोलीले पचरौता नगरपालिकाका ९ स्थित जमुनी खोला नजिकैबाट ३० किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको हो । बा ४४ प ४१७६ नम्बरको मोटरसाइकलमा भारततर्फ गाँजा लैजाँदै गरेका सिम्रौनगढ नैकाटोलाका रामबालक यादव र सरोज यादवलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बारामा बुझाइएको सशस्त्र प्रहरीको रुद्र बाहिनी पथलैयाका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक नरेन्द्रकुमार सिंहले बताए।-अन्नपूर्णबाट


ADVERTISEMENT

# # #