काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले देशभर अविरल वर्षाका कारण बाढी, पहिरो र डुबानबाट प्रभावितहरुको तत्काल उद्दार र राहतको व्यवस्था गर्न निर्देशन दिएका छन् ।


ADVERTISEMENT


मंगलबार गृहमन्त्री बालकृष्ण खाँणलाई प्रधानमन्त्री निवास बालुवाटार बोलाएर प्रधानमन्त्री देउवाले उक्त निर्देशन दिएका हुन् । उनले भनेका छन्, ‘सदुदूरपश्चिम लगायत मुलुकका विभिन्न क्षेत्रमा अविरल वर्षाका कारण गएको वाढी, पहिरो र डुवानबाट प्रभावितहरुलाई तत्काल उद्दार र राहतको व्यवस्था गर्न गृह मन्त्रीलाई निर्देशन गरेको छु।’


ADVERTISEMENT

# # #


केही दिन यता लगातार वर्षाले किसानहरुको खेतमा काटेर सुकाउन राखेका धानबाली पानीले डुबाएको छ । दर्जनौँ सडकहरुमा बाढी पहिरोले अवरुद्ध भएका छन् ।

खासगरी वर्षाले सुदूरपश्चिम क्षेत्रमा बढी क्षति पुर्याएको छ ।