काठमाडौँ – भीमदत्त नगरपालिका–९ मुसेट्टिका महाकाली नदीका बाढीमा फसेका एकै परिवारका पाँचजना उद्दारका लागि भएको नेपाली सेनाको हेलिकोप्टर मौसम प्रतिकुल भएकाले उद्दार गर्न असफल भएको छ ।


ADVERTISEMENT


दुई हेलिकप्टरले उद्धारको प्रयास थाले पनि मौसम प्रतिकूल हुँदा उद्धार गर्न नसकेको गृह मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाका प्रमुख हुमकला पाण्डेले जानकारी दिइन् ।


ADVERTISEMENT

# # #


कञ्चनपुरमा सेनाको हेलिकप्टरबाट उद्धार गर्न गएको हेलिकप्टर अवतरण गर्न नसकेपछि अहिले धनगढीमा बसिरहेको छ । मौसम अनुकूल हुने बित्तिकै हेलिकप्टर जाने पाण्डेले बताइन् । उनका अनुसार महाकाली नदीको बगरमा फसेकाको उद्धार गर्ने प्रयास भइरहेको र बैतडी क्षेत्रमा उद्धारका लागिसमेत काठमाडौँबाट हेलिकप्टर पठाइएको जानकारी दिइन् ।

सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलले उद्धार गर्न गएको सानो हेलिकप्टर मौसम खराबीका कारण अहिले धनगढीमा बसेको र काठमाडौँबाट पठाइएको ठूलो हेलिकप्टर पनि खराम मौसमका कारण सुर्खेतमा गएर बसेकाले मौसम अनुकूल हुने बित्तिकै उद्धारमा परिचालन हुने जानकारी दिए । उनले जमिनबाट गएका फौजले भने उद्धारको काम गरिरहेको जानकारी दिए । सँगसँगै सशस्त्र र नेपाल प्रहरीसमेत उद्धारमा परिचालित छ ।