काठमाडौँ – नेपालमा एप्पलको लागि आधिकारिक राष्ट्रिय वितरक जेनेरेसन नेक्स्ट कम्युनिकेशन प्रा. लि. वा जेनएक्सटीले हालै आईफोन १३ सिरिजको लागी आफ्नो प्रि–बुकिंगको घोषणा गरेको छ ।


ADVERTISEMENT


आईफोन १३ ले अमेरिकामा २४ सेप्टेम्बर २०२१ बाट आफ्नो सिपिंगको सुरूवात गरेको छ । यसको वितरण नेपालमा २९ अक्टोबर २०२१ बाट सुरु हुन लागेको हो । यो वर्ष यसको लन्च अघिल्लो वर्षको तुलनामा छिटो रहेको छ । यसको पहिलो किस्ता सीमित स्टकका साथ प्रि–बुकिंगको माध्यमबाट उपलब्ध हुने वितरक जेनेरेसन नेक्स्ट कम्युनिकेशन प्रा.लि.ले जनाएको छ ।


ADVERTISEMENT

# # #


ग्राहकहरुले आईएमई पे एप्लिकेसनको उपयोग गरी आफ्नो नयाँ आईफोनहरुको प्रि–बुकिंग गर्न सक्नेछन् जहाँ उनीहरुले रु ३०,००० भन्दा माथिको नगदको विभिन्न अफरहरु प्राप्त गर्ने वितरकको भनाई छ । जसमा थुप्रै डिस्काउन्ट कुपनहरु पनि पाइने छ । आईफोन १३को प्रिबुकिङ गर्नेले रोडहाउस क्याफेमा १०%, द एभरेस्ट होटलमा १५%, बिइन्ग ह्युमन नेपालमा १०% र भेन्चुरिनी सुजमा १०% छुट पाउनेछन् ।

यस्तै राइट च्वाइस नेपालमा २५, बाइकर्स मार्टमा १०%, अर्बन फुडमा १५%, नील डेभिडको सैलुनमा १०% छुट, केज फिटनेसमा २०% छुट र अप्सन दरबारमार्गमा ५०% सम्मको छुट पाउने वितरकको भनाई छ ।

यस बाहेक यसमा एक वर्षको निःशुल्क ब्रेकरेज बीमा र सम्पूर्ण लाइनअपको लागी १ बर्ष को वारेन्टी पनि उपलब्ध रहेको छ । नेपालमा आइफोन १३ को मूल्य ग्रे बजारको वर्तमान मूल्यहरुको तुलनामा धेरै प्रतिस्पर्धात्मक रहेको बताइएको छ । केही मोडलहरुको लागि भारतीय आरआरपी मूल्य निर्धारणको तुलनामा अधिक उचित पनि रहेको वितरकको दाबी छ ।

वर्तमान लाइनअप रहेको यसको बेस मोडल १२८ जीबीकोे साथ सम्पूर्ण १३ सिरिजको लागी शुरू गरीएको छ । जुन आईफोन १२ लाइनअपको ६४ जीबी भन्दा धेरै राम्रो रहेको छ ।’ वितरक जेनेरेसन नेक्स्ट कम्युनिकेशनले भनेको छ, ‘नयाँ मोडेलमा मुख्य विशेषता भनेको यसको क्यामेरा हो जसमा एक सिनेम्याटिक मोडको सुविधा पनि रहेको छ जसले यसलाई एक प्रोफेसनल भिडियो क्यामेराको रूपमा दाबी गरेको छ – जुन ४ के भिडियोहरुकोे लागी पनि निकै उपयुक्त रहेको छ ।’

आईफोन १३ को अर्को ठूलो विशेषता भनेको प्रो मोडेलमा रहेको १२० हर्ट्ज प्रो मोशन डिस्प्ले हो जुन सबै ग्राहकहरुको लागि निकै नै उपयुक्त रहेको हुन्छ । आईफोनमा रहेका नचहरु साना छन् र क्यामेरा मोड्युलहरु धेरै ठूलो छन् जसले गर्दा यसलाई अहिले सम्म कै सबै भन्दा राम्रो आईफोन एप्पल बनाएको वितरकको दाबी छ ।

यसरी गर्नुहोस् आईफोन १३ को प्रि-बुकिङ

– आइएमई पे एप्लिकेसन डाउनलोड गर्नुहोस्
– आफ्नो विवरणहरु रेजिस्टर गर्नुहोस् र आफ्नो अकाउन्ट बनाउनुहोस्
– यसको होमपेजमा रहेको “प्रि–बुक योर आइ–फोन १३ नाउ” ब्यानरमा क्लिक गर्नुहोस्
– आफ्नो नाम, फोन नम्बर र इमेल एड्रेस इन्टर गर्नुहोस्
– तपाईंको पहुँचको लागि सबैभन्दा नजिक रहेको ठाउँ अनुसार ड्रपडाउन लिस्टको सूचीबाट खुद्रा विक्रेताहरुको चयन गर्नुहोस्
– रु ९,९९९ को प्रि–बुकिंग मूल्यलाई कन्फर्म गर्नुहोस् र आइएमई पे एपबाट पैँसा तिर्नुहोस्

आइ–फोन १३ कहिले प्राप्त हुन्छ ?

यसको वितरण अक्टोबर २९ बाट सुरु हुनेछ तर सीमित स्टक मात्र उपलब्ध भएको कारण जसले पहिले प्रि बुकिंग गरेको छ उसले नै सबैभन्दा सुरुमा आफ्नो आइ–फोन प्राप्त गर्नेछ ।

आफूले थप गरेको फ्रिबिजको बारेमा बुझ्न ड्रपडाउन सूचीबाट छनोट गरेको खुद्रा विक्रेतालाई सम्पर्क गर्न सकिनेछ । साथै आफ्नोे आईफोन प्राप्त गर्ने समयकोबारे पनि जानकारी पाउन सकिनेछ ।

यस्तो छ आईफोन १३ को मूल्य
आइफोन १३ 
१२८ जीबी : १ लाख ३७ हजार ९९० रुपैयाँ
२५६ जीबी : १ लाख ५४ हजार ९९० रुपैयाँ
५१२ जीबी : १ लाख ८९ हजार ९९० रुपैयाँ

आइफोन १३ मिनी
१२८ जीबी : १ लाख २० हजार ९९० रुपैयाँ
२५६ जीबी : १ लाख ३७ हजार ९९० रुपैयाँ
५१२ जीबी : १ लाख ७१ हजार ९९० रुपैयाँ

आइफोन १३ प्रो
१२८ जीबी : १ लाख ७४ हजार ९९० रुपैयाँ
२५६ जीबी : १ लाख ८९ हजार ९९० रुपैयाँ
५१२ जीबी : २ लाख २४ हजार ९९० रुपैयाँ
१ टीबी : २ लाख ५५ हजार ९९० रुपैयाँ

आइफोन १३ प्रो म्याक्स
१२८ जीबी : १ लाख ८९ हजार ९९० रुपैयाँ
२५६ जीबी : २ लाख ५ हजार ९९० रुपैयाँ
५१२ जीबी : २ लाख ३९ हजार ९९० रुपैयाँ
१ टीबी : २ लाख ७४ हजार ९९० रुपैयाँ