काठमाडौं – दमको समस्या बढेर यस थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य(किरण) डिस्चार्ज भएका छन् । स्वास्थ्य समस्यामा सुधार भई सामान्य अवस्था बनेपछि उनलाई आज(आइतबार) अपरान्ह डिस्चार्ज गरिएको हो ।


ADVERTISEMENT


दमको समस्या बढेपछि उनलाई गत आइतबाट नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । त्यसपछि वार्डमा सारेर उपचार थालिएको थियो । सो क्रममा उनको अवस्था खतरामुक्त र सामान्य बनेपछि डिस्चार्ज गरिएको उपचारमा संलग्न चिकित्सकहरुले जानकारी दिएका छन् ।


ADVERTISEMENT

# # #


उनी अस्पतालमा रहँदा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, उपराष्टपति नन्दकिशोर पुन, गृहमन्त्री बालकृष्ण खाँड लगायतका नेता तथा उच्च सरकारी अधिकारीले भेटेर स्वास्थ्यलाभको कामना गरेका थिए ।


ADVERTISEMENT

#
#


डिस्चार्ज हुँदै गर्दा नेता वैद्यले आफ्नो उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीको टिमप्रति आभार व्यक्त गरेका थिए ।

प्रतिकृया

प्रतिकृया