काठमाडौं – सत्तारूढ नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले एमाले पार्टी नभएर ‘ओली एन्ड कम्पनी’ भएको आरोप लगाएका छन् ।


ADVERTISEMENT


 भक्तपुरको सूर्यबिनायक नगरपालिका वडा नम्बर ७ गुण्डुमा आज आयोजित कार्यक्रममा बोल्दै थापाले एमालेलाई ‘ओली एन्ड कम्पनी’ भएको आरोप लगाएका हुन् ।


ADVERTISEMENT

# # #


साथै उनले स्थानीय तह, प्रदेश र केन्द्रमा अब हुने चुनावमा एमालेलाई हराउनुपर्ने पनि बताए ।  ‘यसपटकको चुनावमा नेकपा एमालेलाई कुचो लगाएर बढार्ने हो । बढार्दा कुनाकाप्चामा धुलो अड्कियो भने भ्याकुम लगाउने हो,’ थापाले भने। विगतमा पनि कांग्रेस एक्लै निर्वाचन लड्दा पहिलो पार्टी बनेको थापाले बताए । नेकपा एमालेकाअध्यक्ष केपी शर्मा ओलीले एमालेसँग एक्लाएक्लै प्रतिस्पर्धामा आउन केही समयअगाडि चेतावनी नै दिएका थिए । ‘सिङ्गल-सिङ्गल लड्ने भनेको होइन ? हामी विगतमा सिङ्गल नै लडेर पहिलो पार्टी बनेको हो,’ उनले भने ।

उनले कांग्रेसले अहिले सरकारको नेतृत्व लिएको र जिम्मेवारी पूरा गरिने बताए । प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवालाई आफूले दुई पटक भेटेर सरकारले गरेका राम्रा र नराम्रा कामबारे जानकारी गराएको र नराम्रा काम नगर्न आग्रह गरेको पनि थापाले बताए । उनले एमाले पार्टी नभई ओली एन्ड कम्पनी भएको आरोप लगाए ।

‘एमालेमा फरक मत राख्ने दुई जना मात्रै देख्छु। भीम रावल र घनश्याम भुसाल ।  बाँकी कोही हुनुहुन्न,’ उनले भने, ‘एमाले फुट्यो अहिले ओली एन्ड कम्पनी भएको छ।’ उनले अर्ली इलेक्सन नहुने पनि बताए । बरू वैशाखमा स्थानीय तहको चुनाव हुने उनको भनाइ छ।

पार्टीको १४ औं महाधिवेशन मंसिरमा हुने र पुस २ भित्र निर्वाचन आयोगमा १४ औं महाधिवेशनपछि आएको कार्यसमिति दर्ताका लागि जाने पनि उनले बताए । राष्ट्रिय सभाको रिक्त हुने सदस्य पदमा चुनाव हुँदैछ भने प्रतिनिधि सभा र प्रदेश सभाका रिक्त पदमा पनि उपनिर्वाचनको तयारी छ।