काठमाडौँ– परराष्ट्रमन्त्री नारायण खड्काले परराष्ट्र नीति दल विशेष नभई स्थायी र एकत्रित रहनुपर्नेमा जोड दिएका छन् ।


ADVERTISEMENT


बुधवार नेपालको पूर्व राजदूतहरु संगको भेटवार्ता कार्यक्रममा परराष्ट्रमन्त्री खड्का नेपालको परराष्ट्र नीति एकत्रित र सदैव स्थिर रहनुपर्नेमा जोड दिएका हुन् ।


ADVERTISEMENT

# # #


उक्त कार्यक्रममा बोल्दै उनले नेपालको सबै परराष्ट्र नीतिलाई एउटै निति बनाइनुपर्ने र सो निति कुनै पनि दल विशेष नभई सबैले पालना गर्नुपर्ने धारणा व्यक्त गरे

परराष्ट्र नीतिमा सबै दलको एकै आवाज हुनुपर्छ र यसका लागि आफ्नाको भुमिका आवश्यक रहने भन्ने धारणा व्यक्त गर्दै खड्काले अघि भने, ‘यसका लागि नेपालको पूर्व राजदूत संघ (आफ्ना) को पनि महत्वपूर्ण निर्वाह अपरिहार्य रहन्छ ।’

यस्तै, कार्यक्रममा बोल्दै संघकी महासचिव लक्की शेर्पाले परराष्ट्र नीति फेरबदल भइरहदा त्यसले सम्पूर्ण देशको नीतिमा नै प्रभाव पार्ने भन्दै स्थिर नीतिका निमित्त ‘आफ्ना’ ले आवश्यक भुमिका निर्वाह गर्ने बताइन् ।

उक्त भेटमा  भारत, अमेरिका, अष्ट्रेलिया र युरोपेली मुलुकमा नेपालका लागि राजदूत भइसकेका कुटनीतिज्ञहरुको सहभागी रहेको थियो ।  भेटमा मन्त्री खड्का एवम्  पूर्व राजदूतहरुले आपसमा तिहार तथा छठको शुभकामना आदान–प्रदान समेत गरेका थिए ।