काठमाडौँ– वरिष्ठ मानवाधिकारवादी नेता पद्मरत्न तुलाधरको तेस्रो पुण्यतिथिका अवसरमा ‘पद्मरत्न तुलाधर स्मृति राष्ट्रिय प्रतिष्ठान’ गठन गरिएको छ ।


ADVERTISEMENT


प्रतिष्ठानको अध्यक्षमा पूर्व सभामुख दमननाथ ढुङ्गाना रहेका छन्, भने संरक्षकमा जनकवि दुर्गालाल श्रेष्ठ छन् । प्रतिष्ठानको उपाध्याक्षमा डा. चुन्दा बज्राचार्य, महासचिवमा डा. ओम गुरुङ, सचिवमा पासाङ शेर्पा र कोषाध्यक्षमा सुम्निमा तुलाधर रहेका छन् ।


ADVERTISEMENT

# # #


काठमाडौँको शङ्खधर उद्यान (पुरानो रत्नपार्क) भित्र काठमाडौंँ महानगरपालिकाले स्थापना गरेको तुलाधरको प्रतिमामा माल्यार्पण गर्दै मङ्गलबार उक्त प्रतिष्ठानको घोषणा गरिएको हो ।

उक्त घोषणासभालाई सम्बोधन गर्र्दै काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पद्मरत्न तुलाधरले आफ्नो स्वास्थ्यभन्दा देशको स्वास्थ्यप्रति बढी चिन्ता लिने राष्ट्रिय नेता भएको बताए । काठमाडौँको मौलिकता जगेर्ना गर्न धर्मपथस्थित काठमाडौँ महानगरपालिकाको पुरानो भवन रहेको जग्गामा करिब २७ करोड रुपैयाँको लागतमा ‘येँ देय् सांस्कृतिक छेँ’ नामक सांस्कृतिक भवन बनाउन लागिएको जानकारी पनि उनले दिए ।

प्रतिष्ठानका अध्यक्ष ढुङ्गानाले देश बनाउने मामिलामा स्व. तुलाधरले राखेको दृष्टिकोणलाई राजनीतिक पूर्वाग्रहले हेर्न नहुने बताउँदैने, ‘पद्मरत्न काठमाडौँले जन्माएको नेता हुनुहुन्छ, उहाँले आफ्नो राम्रो कामबाट काठमाडौँको छवि नै उठाइदिनुभयो ।’ रासस