काठमाडौँ– एक थान एयर गनसहित एक व्यक्ति पक्राउ परेका छन् ।


ADVERTISEMENT


पक्राउ पर्नेमा कैलाली घर भई काठमाडौं महानगरपालिका–११ थापाथली डेरा गरी बस्ने २१ वर्षीय जितेन्द्र नाथ रहेका छन् । नाथले कोठामा अवैध हातहतियार लुकाई राखेको भन्ने सूचनाको आधारमा उनको डेरामा खानतालसी गर्ने क्रममा उक्त हतियार फेला परेपछि उनलाई शनिवार साँझ १ थान एयर गन सहित प्रहरीले पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।