मोरङ– कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी विराटनगर महानगरपालिका– १५ रानीबस्ती बस्ने ३५ वर्षीया सुशीला देवी साहलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।


ADVERTISEMENT


जिल्ला अदालत मोरङको २०७३ असार २ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा १८ वर्ष ७ महिना २७ दिन कैद सजाय ठहर भई फरार रहेकी उनलाई ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले सोही महानगरपालिका१५ रानीबस्तीमा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत मोरङ पठाइने ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।