काठमाडौँ – सर्वोच्चका न्यायाधीशहरुले न्यायलयको सुधारका लागि आफुहरु एकै ठाँउमा रहेको बताएका छन् ।


ADVERTISEMENT


मंगलबार नेपाल बार र सर्वोच्च बारका प्रतिनिधिससँगको छलफलमा सहभागी न्यायाधीशहरुले सर्वोच्च अदालतका न्यायाधीश विभाजित नभएको भन्दै सवै एकै खेमातर्फ रहेको दाबी गरेका हुन् । छलफलका क्रममा उनीहरुले आफुहरु सवै एकैठाँउ रहेको र इजलास भएका कारण केहि न्यायधिश आउन नसकेको भन्दै बारले अन्तिम निर्णय गरे एकैठाँउ रहने बताएको बारका उपाध्यक्ष रक्षा बस्यालले जानकारी दिइन् ।


ADVERTISEMENT

# # #


मंगलबार चार जना न्यायाधीश नियमित इजलासमा फर्केका थिए । त्यस्तै छलफलमा न्यायाधीशहरुले नागरिक सेवाबाट बञ्चित हुनुपरेकोमा चिन्तित भएको भन्दै न्यायलयको सुधारका लागि आफुहरुले पनि पहल गर्ने बताएको उपाध्यक्ष बस्यालले बताइन् । आफुहरुले न्यायाधीशको राजीनामा नै बटमलाईन भएको स्पष्ट पारेको उनको भनाई छ ।

छलफलमा बारका उपलव्ध पदाधिकारी, सर्वोच्च बारका अध्यक्ष, उपाध्यक्ष र सचिवका साथै न्यायाधीशहरुको सहभागी रहेको थियो ।