काठमाडौँ– नेपालमा पछिल्लो २४ घन्टामा थप ३ सय ७७ नयाँ संक्रमित देखिएका छन् ।


ADVERTISEMENT


स्वास्थ्य तथा जनसंख्य मन्त्रालयका अनुसार, पछिल्लो २४ घन्टामा पिसिआरमार्फत छ हजार ५०५ र एन्टिजेनमार्फत दुई हजार गरी कुल नौ हजार १४९ मा गरिएको नमुना परीक्षणमध्ये थप तीन सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।


ADVERTISEMENT

# # #


मन्त्रालयका अनुसार यसैक्रममा पछिल्लो २४ घन्टामा संक्रमणमुक्त हुनेको संख्या १७० रहेको छ, भने चार जनाले संक्रमणका कारण ज्यान गुमएका छन् । यससंगै नेपालमा कोभिड–१९ का कारण ज्यान गुमाउनेको संख्या ११ हजार ४८२ पुगेको छ ।

यस्तै, नेपालमा हाल सक्रिय संक्रमितको संख्या कुल ७ हजार ४७६ रहेको छ ।