ललितपुर– नेपालमा प्रत्येक एक हजार बालबालिकामध्ये तीनजना ‘मेन्टल डिसअर्डर’ को समस्याबाट ग्रस्त रहेका छन् ।


ADVERTISEMENT


शुक्रबार साम्भाव्य फाउन्डेसनद्धारा आयोजित ‘एन्युअल प्रिन्सिपल कन्भेशन’ (वार्षिक प्रधानाध्यापक सभा) मा बोल्दै फाउन्डेशनका प्रोगाम अफिसर आदित्य डंगोलले सो कुरा बताएका हुन् ।


ADVERTISEMENT

# # #


यसैगरि उनले नेपालमा १३–१७ वर्ष उमेर समूहका १२.९ प्रतिशत बालबालिकामा मानसिक स्वास्थ्यसम्बन्धि समस्या देखिएको समेत जानकारी दिए ।

आम व्यक्तिमा मानसिक स्वास्थ्यसम्बन्धि उचित ज्ञानको अभाव हुनु नै यसको प्रमुख कारण रहेको बताउँदै अफिसर डंगोलले यसै समस्या समाधानका लागि सम्भाव्यले ‘प्रत्येक विद्यालयमा अनिवार्य रुपमा मानसिक परामर्शदात्ता रहनुपर्छ’, भन्ने प्रमुख अभियानसहित अघि बढिरहेको बताए ।

यस्तै, कार्यक्रममा बोल्दै क्यारीबिन विद्यालयका प्रधानाध्यापक सन्तोष दाहालले भने हाल डिजिटल अटिज्मका कारण अधिकांश बालबालिकामा लर्निङ प्रोसेस(सिकाई सम्बन्धि)को समस्या देखिएको जनाए । यस समस्या बालबालिकामा घरदेखि नै देखापर्ने गरेको बताउँदै उनले भने, ‘मन्टेश्वरीस्तरकै ३० प्रतिशत बालबालिका यस समस्याबाट शिकार भएको देखिन्छ ।’

‘विद्यालयमा मानसिक स्वास्थ्यको आवश्यकता र यसको पहुँच कसरी पु¥याउने?’ भन्ने विषयवस्तुमा मुख्य केन्द्रित रहि आयोजित सो कार्यक्रममा उपस्थित अन्यले भने कोभिड–१९ महामारी पश्चात् अधिकांश बालबालिकामा निराश हुने, एक्लोपनमा रमाउनेजस्ता असामाजिक गतिविधिमा वृद्धि भएको आफ्नो अनुभव सुनाएका थिए ।

यसैगरि, सो समस्या समाधानका निम्ति प्रत्येक अभिभावक तथा शिक्षकले बिनाशर्त आफ्ना बालबालिकालाई ध्यानपूर्वक सुन्दै उनीहरुलाई बुझ्ने प्रयास गर्नुपर्नेमा समेत उनीहरुले जोड दिए । विशेषगरी प्रधानाध्यापकहरुको बाहुल्यता रहेको उक्त सभामा अन्य सम्बन्धित निकायका प्रतिनिधि एवम् फाउन्डेसनका कर्मचारीहरुको समेत उपस्थित रहेको थियो ।

कम्तिमा पनि ‘वान स्कुल–वान काउन्सिलर’(एक विद्यालय–एक परामर्शदात्ता) हुनुपर्ने मुल नाराका साथ सन् २०१८ मा स्थापित उक्त संस्थाले एमए क्लिनिकल साइकोलोजी र मनोवैज्ञानिक परामर्श सेवामार्फत शिक्षा प्रणालीलाई समर्थन गर्दै आएको छ ।

काठमाडौँमा नै स्थापित भएपनि पहिलो पटक सिन्धुपाल्चोक जिल्लाका विद्यालयबाट आफ्नो यात्रा शुरु गरेको यस फाउन्डेशनले हालसम्ममा विभिन्न जिल्लाका १६ विद्यालयका झण्डै ४५०० विद्यार्थीलाई सेवा प्रदान गरिसकेको छ ।