काठमाडौं – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसका संस्थापक नेताहरुले जनता र देशका लागि देखेको सपना पूरा गर्न आफू सक्षम भएको बताएका छन् ।


ADVERTISEMENT


शनिबार काठमाडौंंमा ‘बानेश्वरको सेरोफेरो पुस्तक’को बिमोचन गर्दै नेता सिंहले संस्थापक नेताहरुले देखेको विकसित नेपालको सपनालाई पुरा गर्न आफु सक्षम रहेको बताएका हुन् ।


ADVERTISEMENT

# # #


उनले जनताका प्रतिनिधी भएपछि जस्तोजुकै अवस्था पनि फिट हुन सक्ने क्षमता हुनुपर्ने धारणा पनि राखे । आफू संविधानसभा र संविधानसभापछि आफूलाई जनताले निरन्तर चुनेर पठाएको भन्दै जनताको आशालाई निराशा हुन नदिने प्रतिवद्धता जनाए । उनले देशका लागि केहि गर्नुपर्छ भने आत्मविस्वास आफूमा रहेको जिकिर गरे ।

साथै नेता सिंहले बानेश्वरको पहिलो अवस्था थाहा पाउनको लागि ‘बानेश्वरको सेरोफोरो पुस्तक’ पुस्तक पढ्नु पर्ने बताए ।