काठमाडौं –  मृगौला मानव शरीरको एक महत्वपूर्ण अंग हो ।  चिकित्सकका अनुसार मानिसको शरीरमा मृगौलाले एक फिल्टरको काम गर्छ ।  रगतमा भएको रेनल फङसन, सोडियम, पोटासियम, युरिया र क्रियटिनाईन समय समयमा जाँच गर्नाले मृगौला रोगबाट हामी टाढा रहनसक्छौं।


ADVERTISEMENT


मृगौला रोगबाट यसरी बच्न सकिन्छ


ADVERTISEMENT

# # #


 प्रशस्त पानी पिउने

नियमित रुपमा प्रशस्त पानी नपिउनाले सबैभन्दा पहिलो खराब प्रभाव मृगौलामा पर्छ। पानीको अभावले मृगौलाले रगत सफा गरेर अनावश्यक फोहोर शरीरबाट फ्याँक्न गाह्रो गर्छ जसको परिणाम शरीरमा विषाक्त तत्व जम्मा भई स्वास्थ्य बिर्गाने काम गर्दछ।

 नुनको कम प्रयोग

अत्यधिक नुनको प्रयोगले रक्त्तचाप वढाउनुका साथै मृगौलामा नराम्रो दबाब पार्छ। दिनमा ५ ग्राम भन्दा वढी नुनको प्योग स्वास्थ्यको लागि हानिकारक सावित भएको छ ।

 धुम्रपान र मदिरा त्याग्ने

धुम्रपान र धेरै जाँड रक्सी सेवनले मृगौलामा थप नकारात्मक असर पार्छ । कुलतको बाटो छाडी स्वस्थ रहन सिकौं ।

 मासुको कम प्रयोग गरौं

नियमित रुपमा बढी मासु खाने व्यक्तिको मृगौलामा नराम्रो असर पर्छ । अत्यधिक मासुको प्रयोगले थप अन्य रोगहरु निम्त्याउने गर्दछ।

 चिया कफीको का सेवन गरौं

चिया कफीले शरीरमा क्याफिनको मात्रा वढाउँछ जसले मृगौलालाई भार पर्छ । यस्ता पेय पदार्थको कम सेवन गर्ने बानी बसाल्नु नै मृगौलालाई स्वस्थ राख्नु हो ।

यसैगरी जथाभावी आर्यूवेद वा एलोपेथिक औषधी, पेनकिलरको प्रयोग नगर्ने र दैनिक ब्यायाम गर्नु नै स्वस्थ र निरोगी जीवन बिताउने सुत्र हो।

मधुमेह र उच्च रक्त्तचाप भएका बिरामीको लागि मृगौलाको रोग सबैभन्दा ठूलो शत्रु हो । मनलाई शान्त र आनन्द महसुस गराउन एकदम धेरै जरुरी छ।