काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश निर्माणका लागि आगामी निर्वाचनपछि नेकपा एमालेको सरकार बन्ने दाबी गरेका छन् ।


ADVERTISEMENT


बिहीबारदेखि चितवनको भरतपुरमा सुरु भएको नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेले आगामी निर्वाचन पछि सरकार बनाएर बाँकी रहेका विकासका कामहरु अघि बढाउने जिकिर गरेका हुन् ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री देउवातर्फ हेर्दै उनले भने, ‘मैँले अलिकति गोपनियता खुस्काउनै पर्ने भो, प्रधानमन्त्रीज्यूले सुने पनि केही छैन । आउँदो चुनावपछि एमालेको सरकार बन्छ र बाँकी रहेका विकासका कामलाई अघि बढाएर समृद्ध नेपाल सुखी नेपाली बनाउँछ ।’ उनले स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले पहिले ४० प्रतिशत ल्याएकोमा आगामी निर्वाचनमा ५० प्रतिशतभन्दा जित हासिल गर्ने उनले दाबी गरे ।

उनले एमालेले आगामी निर्वाचनहरुमा एकल बहुमत ल्याउनु पर्ने बताए ।संविधानको व्याख्या र रक्षाका लागि, विकासको लहर ल्याउनका लागि र जनअभिमत र जनादेशबाट अघि बढ्नका लागि एमालेले बहुमत ल्याउन आवश्यक रहेको बताए ।

अध्यक्ष ओलीले महाधिवेशन लगत्तै एमाले चुनावको तयारीतर्फ जाने बताए । ‘जनमतबाट हामीले एकल बहुमत ल्याउनुपर्ने छ यस देशका लागि । एमालेका लागि होइन ।’ उनले भने, ‘देश बनाउनका लागि । यस देशको सार्वभौमा सत्ता र लोकतन्त्रको रक्षा गर्नका लागि ।’

संविधान आवश्यकता अनुसार नेपाली जनताको आवश्यता र औचित्यका आधारमा, देश विकासका लागि संविधान संशोधन गर्न सकिने बताए । नेपालमा अब कुकै किसिमको हिंसा नभएको बताउँदै उनले देशभित्र र बाह्य लगानीकर्ताहरुलाई लगानी गर्ने उचित र अनुकुल वातावरण रहेको बताए ।

नेपालमा कुनै राजनीतिक समस्याहरु नरहेको उल्लेख गरे ।