मकवानपुर – नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँ बागमती प्रदेशको सभापतिमा उठ्ने भएका छन् । मकवानपुर कांग्रेसका सभापतिसमेत रहेका उनी कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता पनि हुन् ।


ADVERTISEMENT


नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत आगामी १६ र १७ मंसिरमा प्रदेश अधिवेशन हुँदैछ । सोही प्रयोजनका लागि बानियाँले बागमती प्रदेशको सभापतिमा उम्मेदवारी घोषणा गर्न लागेका हुन् ।


ADVERTISEMENT

# # #


बानियाँ सभापति शेरबहादुर देउवा निकट नेता हुन् । बागमती प्रदेशमा संस्थापन पक्ष बलियो रहेकाले बानियाँले सभापति जित्ने सम्भावना प्रबल रहेको बताइन्छ ।

कांग्रेस नेता भीमसेनदास प्रधानले पनि शनिबार दिउँसो ३ बजे बागमती प्रदेशको सभापतिमा उम्मेदवारी घोषणा गर्ने भएका छन् ।