चितवन – भारतीय कम्युनिष्ट मार्क्सवादी पार्टी (भाकपा)का नेता जोगिन्दर सिंहले नेपालमा हिन्दु राज्य र संवैधानिक राजतन्त्र ल्याउन गुप्त रूपले अभियान चलिरहको बताएका छन्।


ADVERTISEMENT


नेकपा (एमाले)को १०औं महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उनको सरकारले नेपाललाई हिन्दु राष्ट्र र राजतन्त्रलाई पुनस्पना गराउन लागि परेको टिप्पणी गरेका हुन् । शर्माले सन् २०२५ सम्ममा मोदी सरकारले भारतलाई पनि हिन्दु राष्ट्र बनाउन खोजेको समेत बताए ।


ADVERTISEMENT

# # #


‘सन् २०२५ सम्ममा मोदी सरकारले भारतलाई हिन्दु राष्ट्र बनाउन खोजेका छन्,’ उनले भने,‘ मोदी सरकारले नेपालमा पनि राजतन्त्र र हिन्दु राष्ट्र पुनस्पना गराउन लागि परेको छ।’

उनले मोदी नेतृत्वको सरकारले भारतमा मात्रै नभएर दक्षिण एसियाबाट कम्युनिष्ट आन्दोलन समाप्त पार्ने कोसिसमा रहेको दाबी गरे। शर्माले नेपालमा आरएसएसको भित्रि जालो फैलिएको दाबीसमेत गरे। ‘नेपालमा आरएसएसको भित्री जालो फैलिएको छ,’ उनले भने, ’ ख्याल गर्नुहोला त्यो आरएसएस अचानक उम्रेर आउँछ।’

उनीपछि बोलेका भारतीय अर्का कम्युनिष्ट नेता विरेन्द्रप्रसाद गुप्ताले पनि नेपालको कम्युनिष्ट आन्दोलन प्रेरणादायी भएको दाबी गरेका थिए। अन्य विश्वमा कम्युनिष्ट हराउँदै गएको अवस्थामा नेपालमा देखिएको आर्कषणले दक्षिण एसियामा नै सन्देश दिएको भन्दै उनले खुशी व्यक्त गरे।