काठमाडौं – नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले महाधिवेशनमा सबै पदाधिकारीदेखि लिएर केन्द्रीय सदस्यसम्म सर्वसम्मत हुने बताएका छन् ।


ADVERTISEMENT


भट्टराईले महाधिवेशनमा चुनाव नहुने र सहमतिकै आधारमा सबैको जिम्मेवारी टुंगो लाग्ने बताएका छन् । उनले पार्टी एकताको लागि अध्यक्ष ओलीको पनि आकांक्षा चुनाव नगरी सहमतिमा गरौं भन्ने रहेकोले सबै पदको टुंगो सहमतिमा हुने बताए ।


ADVERTISEMENT

# # #


भट्टराईले सहमतिको आधारमा नेतृत्व चयन गर्ने पहल भइरहेको उल्लेख गर्दै त्यसैमा सबैले समर्थन गर्ने अवस्था सिर्जना भएको समेत दाबी गरेका छन् । पार्टीमा बहुसंख्यक कार्यकर्ताहरुको पनि सहमतिमै पदाधिकारी र केन्द्रीय सदस्यसमेतको टु‌ंगो लगाउनुपर्ने दबाब र इच्छा रहेको उनको तर्क छ

यता अध्यक्ष ओली पनि निरन्तर सहमतिकै आधारमा सबैको जिम्मेवारी टु‌ंगो लगाउनुपर्ने बताउँदै आएका छन् । माओवादी पृष्ठभूमिबाट एमालेमा आएका नेताहरुको व्यवस्थापन पनि अर्को पाटो रहेकाले सहमतिको बिन्दु खोजिएको भट्टराईको तर्क छ

सहमतिमा भए आफू बाधक नबन्ने : सुवास नेम्वाङ

यता एमाले वरिष्ठ उपाध्यक्षका दाबेदार मनिएका सुवास नेम्वाङले पार्टीमा सहमति भए आफू बाधक नबन्ने बताएका छन् ।

उनले सहमतिको आधारमा नेतृत्व चयन गर्ने पहल भइरहेको उल्लेख गर्दै आफूलाई पार्टीले दिएको जिम्मेवारी लिन तयार भएको बताए ।

उनले भने, ‘सर्वसम्मत नेतृत्व चयन गर्नेगरी विधान संसोधनको हुने भएको छ । अब सहमतिमा नेतृत्व टुंगो लाग्छ । सहमति हुने अवस्थामा म बाधक हुन्न ।’