काठमाडौं –  नेकपा एमालेको जारी १०औँ महाधिवेशनको बन्दसत्र जारी छ । निर्धारित समयभन्दा पाँच घण्टा ढिलो सञ्चालन भएको बन्दसत्रमा उम्मेदवारी दर्तालगायत थप कार्यक्रम नहुने आज नहुने निश्चित छ ।


ADVERTISEMENT


सर्वसम्मत नेतृत्वको कुरा टड्कारो सुनिएका कारण पनि एमाले महाधिवेशनमा उम्मेदवारी दर्ता नै गर्न नपर्ने वा नहुने हुनसक्छ ।


ADVERTISEMENT

# # #


बन्दसत्रको उद्घाटन भए तापनि आजै बन्दसत्रको थप कार्यक्रम नहुने एमालेका एक नेताले बताए । एमाले अध्यक्ष केपी शर्मा ओली निकट प्रतिनिधिसभा सदस्य रहेका ती सांसदका अनुसार आज बेलुका महाधिवेशन प्रतिनिधिसँग ओलीले खाना खाने कार्यक्रम रहेको छ ।

ओली बन्दसत्रमा अहिले बोलिरहेका छन् । ओली बोलिसकेपछि बन्दसत्रको उद्घाटन कार्यक्रम सकिने छ ।