चितवन – एमालेका अध्यक्ष केपी शर्मा ओलीले फेरि पनि महाधिवेशन हुने भएकाले पार्टीलाई अहित हुने गरी अस्वस्थ प्रतिस्पर्धा नगर्न नेताहरूलाई आग्रह गरेका छन् ।ओलीले फेरि पनि पालो आउने भन्दै हतारोका साथ प्रतिस्पर्धा नगर्न आग्रह गरे ।


ADVERTISEMENT


एमाले दशौं महाधिवेशनको बन्दसत्रलाई शनिवार चितवनको सौराहमा सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले महाधिवेशनलाई देशले हेरिरहेकाले परिपक्वता देखाउनुपर्ने बताए । ‘कसै न कसैले जिम्मेवारी सम्हाल्नुपर्छ, पार्टीको एकता खँदिलो पार्ने कुरामा प्रतिकूल प्रभाव गर्ने काम नगरौं । फेरि पनि पालो आउँछ । अहिले नभए अर्को समय आउला, हतारोका साथ प्रतिस्पर्धा नगरौं,’ ओलीले भने ।


ADVERTISEMENT

# # #


ओलीले सरदरभन्दा बढी भूमिका एमालेले गर्नुपर्ने भन्दै पार्टीको आचरण शुद्ध हुनुपर्ने बताए । ‘हामी कस्तो अभ्यास गर्छौं, सम्मेलन कसरी गर्छौं ? अधिवेशन महाधिवेशन कसरी गर्छौं ? कुन प्रकारको परिपक्वता छ, भोटो मात्र फटायो कि ज्ञान बढ्यो ? सरदर हौं कि देशलाई अगुवाइ गर्ने शक्ति ?  हरेक व्यक्तिको आचरणको योग पार्टी भएकाले हामी देशको नेतृत्व गर्ने शक्ति बन्नुपर्छ,’ ओलीले भने ।

सहमतिलाई जोड दिँदै ओलीले भनेका छन्, “यो महाधिवेशन दुनियाँकै नमुना हुनेछ । पूर्ण लोकतान्त्रिक रूपमा हुनेछ । पूर्ण लोकतान्त्रिक अभ्यास, पूर्ण समझदारी, सुदृढ एकता,“ उनले भने । महत्त्वाकांक्षाका कारण अस्वस्थ प्रतिस्पर्धा नगर्न आग्रह पनि उनले गरे ।