काठमाडौँ– पेट्रोलियम पदार्थ मुल्यवृद्धि विरुद्ध उपभोक्ताहरु खनिरहँदा यता नेपाल आयल निगमको अस्तित्व भने धरापमा पर्न गएको छ ।


ADVERTISEMENT


निगमले दैनिक साढे सात करोड रुपैँया बराबर घाटा खाएर उपभोक्तालाई पेट्रोलियम पदार्थ उपलब्ध गराउँदै आएको भन्दै निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विषयभन्दा पनि आयल निगम रहने की नरहने? भन्ने विषयमाथि प्रश्नचिञ्ह उठेको बताएका हुन् ।


ADVERTISEMENT

# # #


बिहिबार राज्यका निर्देशन सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको छलफलमा निर्देशक पौडलेले दैनिक साढे करौडौँको घाटाले निगमको अस्तित्व धरासयी रहेको बताए ।

बैठकमा बोल्दै उनले भने, ‘निगम दैनिक साढे ७ करोड घाटामा काम गरिहेको छ । जसले निगम रहने की नरहने भन्ने एक स्थिति सृजना गरेको छ ।’

यद्यपि सरकारले निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्नु पर्ने अवस्था सिर्जित गर्न नहुने बताउने उनी घाटा खाएरै भएपनि निगमले काम गरिरहँदा प्रोत्साहन गर्नुको साटो विभिन्न् आरोप प्रत्यारोपले हतोत्साहित गर्नु उचित नभएको बताउँछन् । ‘प्रत्येकको भान्सामा खपत हुने हुँदा अझ सबैभन्दा बढी घाटा त, उएलपी ग्यासमा घाटा रहेको छ’, उनले भने । एलपी ग्यास नेपालभर दैनिक एक लाख सिलिण्डर खपत हुने गरेको उनको भनाइ छ।

यस सम्बन्धमा बोल्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले भने सरकारले ग्याँस खपत कम गर्ने विषयमा माथिल्लो निकायसँग छलफल भइरहेको जानकारी दिएका छिन् । उनले ग्यासको खपत कम गर्ने विकल्पको रुपमा विद्युतिय खपतलाई अघि सारी विशेषगरी यसको प्रयोग कसरी बढाउने? भन्ने विषयमा छलफल भइरहेको जनाए ।