काठमाडौँ – बालाचतुर्दशी, दिवंगत पितृका नाममा शतबीज छरेर मनाइएको छ ।


ADVERTISEMENT


बालाचतुर्दशीका अवसरमा पशुपतिनाथ मन्दिरमा बिहौदेखी लाखौंको सङ्ख्या सतबिज छर्ने भक्तजनहरुको घुँईचो लागेको थियो । बिहीबार बेलुका भक्तजनहरुले दिवंग पितृका नाममा दीपदान गरेका थिए । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन बेलुकी दिवङ्गत पितृका नाममा दीपदान र चतुर्दशीको बिहान शतबीज छर्ने हिन्दु परम्परा छ ।


ADVERTISEMENT

# # #


प्रत्येक वर्ष बालाचतुर्दशी पर्व मनाउन देशका विभिन्न स्थानबाट भक्तजन पशुपतिमा आउँछन् । आफ्नो परिवारभित्रका दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै १०८ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वर आदि ठाउँमा सतबिज छर्ने गरिन्छ ।

बालाचतुर्दशीको पूर्वसन्ध्या मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन राति भक्तजनले पशुपतिनाथको मन्दिर वरपर बसी दिवङ्गत आत्माका नाममा महादीप बाली भजनकीर्तन र लोक झाँकी प्रस्तुत गरी रात बिताउँछन् ।

वाग्मती किनारको मृगस्थलीमा भगवान् शिव मृगरूप धारण गरेर विहार गरेको थाहा पाई त्यस शिवरूपी मृगलाई चिन्न पार्वतीले विभिन्न किसिमको बीज छरेको र ती बीज उम्री हरिया भएपछि मृगहरू आउँदा सो बथानमा भगवान् शिवलाई पार्वतीले चिन्न सकेको किम्बदन्ती छ ।