काठमाण्डौं-गृह मन्त्रालयका प्रवक्ता नारायण प्रसाद शर्माले निर्वाचनका लागी मजबुत सुरक्षा आधार तयार पारिएको भन्दै उम्मेदवार र मतदान केन्द्रको सुरक्षामा कुनै कसर बाँकी नराखेको दावी गरे । उम्मेदवारमाथि पछिल्लो समय बढिरहेको आक्रमणका घटनालाई ध्यानमा राखेर गर्दै मन्त्रालयले सुक्ष्म रुपमा सुरक्षा टोली परिचालन गरिएको उनको भनाई थियो ।


ADVERTISEMENT


यस्ता कार्यमा संलग्नमाथी कडा कारबाही गर्न सुरक्षा निकायलाई निर्देशन दिएको भन्दै प्रवक्ता शर्माले त्रुटिरहित मतदान सम्पन्न गर्न सुरक्षा निकाय सक्षम रहेको जिकिर गरे ।


ADVERTISEMENT

# # #


हरेक जिल्लामा उम्मेदवारको सुरक्षा अवस्था विश्लेषण गरी उनीहरुको सुरक्षामा विशेष ध्यान दिन जिल्ला सुरक्षा समितिलाई निर्देशन दिएको शर्माको भनाई छ । उनले निर्वाचनका लागि तीन तहको सुरक्षा प्रबन्ध मिलाईएको भन्दै मतदातालाई ढुक्क भएर निर्वाचनमा भोट खसाल्ने अवस्था सृजना गर्न सुरक्षा निकाय लागि परेको उल्लेख गरे ।

पहिलो चरणको निर्वाचन आउन ११ दिन मात्र बाँकी रहँदा निर्वाचन हुने ३२ जिल्लाको सुरक्षा व्यवस्था अत्यन्त मजबुत पारिएको गृह मन्त्रालयले जनाएको छ ।

छिटपुट रुपमा केही समुहले आफ्नो अस्तित्व देखाउन निर्वाचन विरोधी गतिविधि गरिरहेपनि सुरक्षा अवस्था पुर्णत नियन्त्रणमा रहेको मन्त्रालयको दावी छ ।