काठमाडौँ– नेपाल पेमेन्ट सोलुसन्स्ले आफ्नोे डिजिटल इकोसिस्टम विस्तार गर्दै मन्जुश्री फाइनान्स लिमिटेडसँग सहकार्यको लागि सम्झौता गरेको छ ।


ADVERTISEMENT


उक्त सम्झौता सम्झौता अनुसार नेपाल पेमेन्ट सोलुसन्स्ले मन्जुश्री फाइनान्स लिमिटेडसँग डिजिटल इकोसिस्टम बिस्तार गरेसँगै अब, मन्जुश्री फाइनान्स लिमिटेडसँग आवद्ध ग्राहकहरुले नेपाल पेमेन्ट सोलुसन्स्को चेक आउट, वन लिन्क, फन्ड ट्रान्सफर, लिंक अकाउन्ट, लोड वालेट जस्ता सम्पुर्ण सेवाहरु उपयोग गर्न पाइने सोलुसन्सले जनाएको छ । कम्पनीका अनुसार, यी सेवाहरु डिजिटल वालेट, रेमिट्यान्स कम्पनीहरु मार्फत उपलब्ध गराएको हो ।


ADVERTISEMENT

# # #


सो सम्झौता पत्रमा सोलुसन्सको तर्फबाट प्रताप श्रेष्ठ, सी.एक्स.ओ रसिमन श्रेष्ठ, बिजनेश डेभलपमेन्ट मेनेजर तथा मन्जुश्रीको तर्फबाट सन्तोष निरौला, प्रमुख कार्यकारी अधिकृत र श्री सुनिल शाही आइ टि हेडले आ–आफ्ना्े संस्थाको प्रतिनिधित्व गर्दै हस्ताक्षर गरेका छन् ।