काठमाडौं – तरलता अभाव भइरहेका बेलामा एनएमबि बैंकले विदेशबाट पैसा ल्याउने भएको छ । स्विटजरल्याण्डको ओबीएएम  इन्भेष्टमेन्ट फण्डबाट सफ्ट लोन स्वरुप १२ मिलियन डलर (करिब डेढ अर्ब रुपैयाँ) बराबर पैसा ल्याउने भएको हो ।


ADVERTISEMENT


उक्त पैसा ल्याउनका लागि मंगलबार नेपाल राष्ट्र बैंकले स्वीकृति दिएको बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले जानकारी दिए । विदेशबाट सस्तो ब्याजदरमा ल्याएको ऋणले केही हदसम्म भएपनि नेपाली बैंकिङ प्रणालीको तरलता संकटमा राहत दिने विश्वास लिने बैंकका प्रमुख कार्यकारी अधिकृत केसीले बताए । यसअघि एक वर्ष पहिला पनि बेलायती संस्था सीबीसीले एनएमबि बैंकलाई १५ मिलियन डलर ल्याइसकेको छ ।


ADVERTISEMENT

# # #


गत हप्ता मात्रै एनएमबि बैंक लिमिटेड एशियाकै उत्कृष्ट बैंक बन्न सफल भएको थियो । नेपाली बैंकिङ इतिहासमै पहिलोपटक एनएमबि बैंकले ‘बैंक अफ दि इयर एशिया २०२१’ अवार्ड हात पार्न सफल भएको हो ।