काठमाडौँ – भारतीय रक्षा प्रमुख विपीन रावल चढेको हेलिकोप्टर दुर्घटनामा परेको छ । रावत चढेको भारतीय सेनाको एमआई–१७ भी ५ सिरिजको हेलिकोप्टर तमिलनाडुस्थित कुन्नूर जंगलमा बुधबार दुर्घटनामा परेको हो ।


ADVERTISEMENT


हेलिकोप्टरमा सेनाध्यक्ष रावत, उनकी पत्नी लगायत परिवारका सदस्य र केही सैनिक उच्च पदाधिकारी समेत सवार थिए । १४ जना सवार मध्ये ११ जनाको मृत्यु भएको भारतीय सञ्चालमाध्यमले जनाएका छन् ।


ADVERTISEMENT

# # #


रावतको अवस्था भने गम्भीर रहेको र उनलाई अस्पताल पुर्याइएको बताइएको छ । रक्षा मंत्री राजनाथ सिंहले रावतको दुर्घटनाबारे संसदलाई जानकरी दिँदैछन् । रावत १ जनवरी २०२० मा भारतको पहिलो चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) नियुक्त भएका थिए ।

थप विवरण आउन बाँकी छ ।