काठमाडौं – नेपाली कांग्रेसका नेता गगन थापालाई नेपाली राजनीतिको सम्भावना बोकेका नेताका रूपमा चिनिन्छ । विद्यार्थी राजनीतिबाट उदाएका उनी नेपाली कांग्रेसमा प्रखर र प्रतिपक्षी पार्टीका विरूद्ध खरो उत्रिने युवा नेताका रूपमा चिरपरिचित छन् । तर, जब नेतृत्व हाँक्ने समय आउँछ, उनी सँधै कमजोर बन्ने गरेका छन् । कारण, स्वार्थ केन्द्रित बन्दै सबैलाई मिलाउन नसक्नु र समर्थकभन्दा पनि शत्रुता बढाउनु नै गगनको राजनीतिक उडान सफल हुन नसक्नु रहेको विश्लेषण गरिएको छ ।


ADVERTISEMENT


काठमाडौं क्षेत्र नम्बर ४ को आफ्नो क्षेत्र होस् या पार्टी भित्र समेत गगनले समर्थक भन्दा बढी आलोचक नै बढी बनाउनु दुखद रहेको बताइएको छ । यस अघिको महाधिवेशनमा कृष्ण सिटौला पक्षका महामन्त्री उम्मेदवार बनेका उनले त्यो समिकरण चौधौं महाधिवेशनसम्म पनि टिकाउन सकेनन् ।


ADVERTISEMENT

# # #


महामन्त्रीमा उम्मेदवारी दिने बताईरहँदा न देउवा, न सिटौला, न पौडेल, न कोईराला, न प्रकाशमान कुनैपनि टिमको विश्वास बन्न नसक्नुका पछाडि गगनको कमजोरी के होला त ? नेता बन्न व्यक्तिमा के कस्ता गुण चाहिएला ? जबकी राजनीतिको गगन चुम्ने थापाको महत्वकांक्षामा किन पँखेटा फैलन पाउँदैन त ? राजनीति शास्त्रमा गगन असफलताका बिषयमा गहन खोज आवश्यक रहेको सोधकर्मीहरू बताउँछन् ।

आफ्नो राजनीतिक यात्रामा गुमाएका व्यक्ति, एजेन्डा र कमजारीहरूलाई सुधार नगरेमा गगनको आगामी यात्रा झनै कठिन हुने विश्लेषण समेत गरिएको छ ।

गगन राजनीतिमा असफल रहनुको कारण 

वरिष्ठ समाजसेवी समाजवादलाई व्यवहारमा नै अनुसरण गरेका सादा जीवन बाँच्दै आएका पशुपति क्षेत्र विकास कोषका पूर्व कोषाध्यक्ष, काठमाडौं क्षेत्र नं ४ का प्रदेश सभासद, सन्त नेता किसनजी र त्यागी नेता गणेशमान सिंहबाट प्रेरित भई राजनीतिमा लागेका नरोत्तम वैद्यलाई महाधिवेशन प्रतिनिधिमा निसाना बनाई निर्मम प्रहार गरी पराजित मात्रै होईन सहोदर दाजु ! क्षेत्रको राजनीतिसँग कुनै सरोकार नराख्ने राजु थापालाई भने सर्वाधिक मतद्वारा विजय गराएको भन्दै नेता गगन थापा विरूद्ध चरम आलोचना र असन्तुष्टि फैलिएको छ ।

यस्तै गगनका भाइ गैरराजनीतिका हेमु थापा पनि क्षेत्रीय प्रतिनिधि बन्न सफल भएका छन् । यस अघि उनका पिएद्वय शैलेश सिटौला र रोहित पौडेल प्रतिनिधि थिए । चरम नातावाद, असहिष्णु राजनीति गर्ने, अन्तर्घातमा माहिर र विवादास्पद छवीको समेत गम्भीर आरोप लागेको छ ।

सहिद परिवार, लामो राजनितिक जीवन बिताएकाहरू प्रति असहिष्णु बन्ने गरेको आरोपले समेत गगनलाई राजनीतिमा अबरोधै अबरोधको पहाड खडा गरेको विश्लेषण गरिएको छ ।

एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा विरूद्ध पनि जेहाद छेडेपछि थापाले समर्थक बढाउने भन्दा पनि शत्रुता बढाउने नीति अबलम्बन गर्दा लामो दौडको गगन यात्रा असहज बनिरहेको चर्चा छ ।

देशभर जितेका उम्मेदवारहरुलाई उम्मेदवार बनाउने पार्टीको निर्णय रहँदा प्रकाशमान सिंह पार्टीका निर्वाचित महामन्त्री थिए । विद्या भण्डारी जसले किसुनजीलाई पनि पराजित गरिन् । उनलाई हराउने प्राध्यापक संघका अध्यक्ष सुप्रभा घिमिरेलाई मानसिक सन्तुलन बिग्रने गरी गलहत्याएर राजनीतिमा उदाएका थापाले नारी अधिकारका हितमा मिठा भाषण गर्दा गडगडाहट ताली ठोक्ने महिला दिदी बहिनीहरुले एकपटक गम्भीर भएर सोच्ने बेला आएको असन्तुष्ट पक्षको भनाई छ ।

युवा नेता एवम् कांग्रेस बागमति प्रदेशका निर्वाचित महामन्त्री राजु श्रेष्ठ जसले आदिवासी जनजाति विरुद्ध चरम यातना सहेर लडे । सेवामुखी राजनीतिलाई जीवनमा पालना गरे । उनी मेयर उम्मेदवार हुँदा थापाले खुलम खुल्ला बल लगाएर पराजति गरेको समेत आरोप लागेको छ ।

कांग्रेस बागमति प्रदेशको निर्वाचनमा समेत नाताबाद भन्दा माथि गगन उठ्न नसक्नु र सभापति निर्बाचित बनेका ईन्द्र बानियाँ विरूद्ध जगदिशनरसिँह केसीलाई समर्थन गर्नुले समेत गगनलाई चौधौं महाधिबेशनमा ठूलो झड्का लागेको बताइएको छ ।

बाख्रापालन र भ्रष्टाचार समेतको गम्भिर आरोपलाई  चिर्नुपर्ने चुनौति समेत गगनमाथि टड्कारो छ ।

देशमा नेपाली कांग्रेसको विकल्प छैन भन्ने पुष्टि भईरहँदा पार्टीमा नेताहरू समेत सर्बमान्य, लोकप्रिय र नेतृत्वको लगाम हातमा लिन सबै हिसाबले आँफुलाई तयार पार्नुपर्ने टड्कारो आवश्यकता देखिएको छ । त्यसका लागि राजनीतिमा ‘गगन प्रबृत्ति’ ले आलोचनाको उचाई लिनु दुर्भाग्यपूर्ण रहेको राजनीति शास्त्रका विज्ञहरू बताउँछन् ।