काठमाडौं – कांग्रेस युवा नेता कुन्दन काफ्ले नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन् । उनले दिउँसो राष्ट्रिय सभागृह पुगेर उम्मेदवारी दर्ता गरेका हुन् । नेविसंघका पूर्व महामन्त्री समेत रहेका काफ्ले सिटौला निकट मानिन्छन् ।


ADVERTISEMENT


कांग्रेस पदाधिकारी तथा केन्द्रीय सदस्यका लागि उम्मेदवारी घोषणा गर्ने क्रम जारी छ । कांग्रेस सभापति, उपसभापति र महामन्त्री पदका उम्मेदवारको मनोनयन एकै ठाउँबाट भइरहेको छ भने केन्द्रीय सदस्य र प्रदेशको आरक्षणअनुसार फरक फरक गरी कूल २० स्थानमा मनोनयनको व्यवस्था गरिएको कांग्रेसले जनाएको छ ।


ADVERTISEMENT

# # #


आज बिहान १० बजेदेखि मनोनयन प्रक्रिया सुरु भएको हो । निर्वाचन समितिले मनोनयनका लागि आज साँझ ५ बजेसम्म समय निर्धारण गरेको छ । आइतबार दाबी विरोध सकेर अन्तिम नामावली प्रकाशन गरिनेछ ।