काठमाडौं – नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा उद्योगपति विनोद चौधरीले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् ।


ADVERTISEMENT


शनिबार राष्ट्रिय सभागृह पुगेर चौधरीले उम्मेदवारी दर्ता गराएका हुन् । चौधरीले यसअघि नै केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका थिए ।


ADVERTISEMENT

# # #