काठमाडौं – नेपाली कांग्रेसको १४औं केन्द्रीय महाधिवेशनमा नयाँ नेतृत्वका लागि मतदान शुरु भएको छ । मतदान साँझ ५ बजेसम्म हुनेछ । मतदानका लागि महाधिवेशन प्रतिनिधिहरु लाइनमा बसिरहेका छन् । काठमाडौंको चिसोमा पनि प्रतिनिधिहरु बिहानै लाइनमा बसेका हुन् ।


ADVERTISEMENT


मतदानस्थलमा उम्मेदवारहरु मत माग्न व्यस्त रहेका छन् । उम्मेदवारहरु जाडोको समयमा चीसोमा मतदानका लागि कुरिरहेका मतदाताहरुसँग मत माग्न व्यस्त देखिएका छन् ।


ADVERTISEMENT

# # #


मतदानस्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ । भृकुटीमण्डपमा छिर्ने दुवैतर्फका सडकहरुमा सुरक्षा कडा गरिएको छ । परिचयपत्र हेरेरमात्र प्रवेश दिइएको छ ।