सेनाले सत्ता परिवर्तन गर्दै राष्ट्रपति रोबर्ट मुगावेलाई बन्धक बनाएको छ ।


ADVERTISEMENT


राजधानी हरारे स्थित राष्ट्रपति मुगावेको निवासमै उनलाई बन्धक बनाइएको दक्षिण अफ्रिकी राष्ट्रपति ज्याकोब जुमालाई उद्यृत गर्दै बीबीसीले उल्लेख गरेको छ ।


ADVERTISEMENT

# # #


मुगावेले टेलिफोन वार्तार्मा जुमासंग आफु सुरक्षित रहेको बताएको दक्षिण अफ्रिकी अधिकारीले जनाएका छन् ।

सरकारी सेनाले राष्ट्रिय सञ्चारमाध्यमलाई नियन्त्रणमा लिएपछि अपराधिक गतिविधिमा संलग्नलाई कारवाही गर्ने उद्देश्यले राजधानी हरारेमा समेत गस्ति बढाएको छ ।

यसअघि, आफ्नी पत्नीको पक्ष लिएर मुगावेले उपराष्ट्रपतिलाई पदबाट बर्खास्त गरेपछि त्यहाँका प्रधानसेनापतिले सत्तारुढ दलभित्र शुद्धता कायम राख्न कदम चाल्ने बताएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

सेनाले सत्ता हत्याएको भने पनि सन् १९८० बाट सत्तामा रहेका ९३ बर्षीय मुगावेले भने आफु सुरक्षित रहेको बताएका छन् ।