काठमाडौँ – नेपाली काँग्रेस १४औँ महाधिवेशनका सभापतिका उम्मेदवार विमलेन्द्र निधिले काँग्रेस नेतृत्व एकै चरणमा नटुंगिने बताएका छन् । सोमबार मतदान गरेपछि प्रतिक्रिया दिँदै निधिले नेतृत्व चयन दोस्रो चरणमा निर्वाचन गर्ने अवस्था आउने बताएका हुन् ।


ADVERTISEMENT


उनले एकै पटकका कुनै उम्मेदवारले ५० प्रतिशत मत ल्याउने सम्भावना नरहेको निधिले जिकिर गरे । ‘मलाई लाग्दैन कि एकै पटकमा विजेताको टुंगो लाग्छ । किनकी नेपाली काँग्रेसको विधानले नै सभापतिका लागि ५० प्रतिशत भन्दा बढी मत ल्याउनु पर्ने व्यवस्था गरेको छ । अहिलेको अवस्थामा एकैपटक ५० प्रतिशत ल्याउने सम्भावना छैन ।’


ADVERTISEMENT

# # #


निधिले पहिलो चरणमा आएको मतपरिणाम अनुसार आफूले दोस्रो चरणका लागि आवश्यक निर्णय गर्ने बताए । निधिले यसअघि नेतृत्व चयनका लागि दोस्रो चरणमा गएको खण्डमा देउवाविरुद्ध मोर्चाबन्दी गर्ने बताएका थिए । सभापतिका लागि ५ जनाको प्रतिस्पर्धा भइरहेको छ ।

निधिले मतदानमा केही ढिलाई हुनु स्वभाविक भएको बताए । उनले भने, ‘१३४ जनाको लागि ५ बढी उम्मेदवार उठेका छन् । मतदान गर्दा मलाई ५१ मिनेट लाग्यो । मैँले मतदान गर्दा भिड थिएन । आनन्द लाग्यो ।’