काठमाडौं – नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनमा सभापतिका उम्मेद्वारको मत गणना जारी छ । नेपाली कांग्रेसको सभापतिका लागि भएको निर्वाचनको मतगणनामा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले  अग्रता लिएका छन् । तर देउवालाई अर्का उम्मेदवार शेखर कोइरालाले पछ्याइरहेका छन् । ३७७९ मतगणना हुँदा देउवाले   ४७ प्रतिशत मत पाएका  छन् ।


ADVERTISEMENT


राष्टिय सभागृहमा प्रदेश २ बाट मतगणना सुरु भएको थियो । प्राप्त नतिजा अनुसार संस्थापन पक्षका देउवालाई संस्थापन इतर पक्षका कोइरालाले पछ्याइरहेको देखिएको छ ।


ADVERTISEMENT

# # #


अग्रता लिएका शेर बहादुर देउवाले १७९८ मत पाएको कांग्रेस निर्वाचन समितिले जनाएको छ । डा शेखर कोइरालाले १४१३  मत पाएका छन् । जो कुल गणना भएको मतको ३७ प्रतिशत हो ।  प्रकाशमान सिंहले  २८६ मत पाएका छन् । यसैगरी विमलेन्द्र निधिले २०१ मत पाएका छन् ।  मतगणनामाः कल्याण गुरुङले १९ मत पाएका छन् ।