पूर्वपश्चिम राजमार्ग अन्तर्गत सुनसरीको भोक्राहा गाउँपालिका ४ मा ट्यांकरको ठक्करले एक जनाको मृत्यु भएको छ ।


ADVERTISEMENT


ट्यांकरले को ८ प २४० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार सुनसरीको कोसी गाउँपालिका ५ का ३० वर्षीय प्रमोद यादवको गएराति मृत्यु भएको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT

# # #


ट्यांकरले ठक्कर दिएपछि मोटरसाइकल अनियन्त्रित भई विपरीत दिशाबाट आइरहेको बा १५ च ६५२६ नम्बर कारसँग ठोक्किएको थियो ।