काठमाण्डौं-एसीसी यू–१९ एसिया कपको सेमिफाइनलमा नेपालले शुक्रबार अफगानिस्तानसँग खेल्दै छ । इतिहासमै पहिलोपल्ट भारतलाई पराजित गरेपछि नेपाल यू–१९ एसिया कपको सेमिफाइनल पुगेको हो । समूह चरणमा टेस्ट खेल्ने राष्ट्र भारत र बंगलादेशलाई कडा टक्कर दिएको नेपालले मलेसियालाई सहजै हराएको थियो । नेपालका लागि अफगानिस्तान चिरपरिचित प्रतिद्वन्द्वी मानिन्छ ।


ADVERTISEMENT


जुलाई दोस्रो साता नेपाल यू–१९ राष्ट्रिय क्रिकेट टोलीले आईसीसी यू–१९ विश्वकप छनोट खेल्यो । चार राष्ट्रसम्मिलित लिगको दोस्रो स्थानमा रहेसँगै नेपालको विश्वकपयात्रा सकिएको थियो । नेपालले प्रतियोगितामा ६ मध्ये ४ खेल जिते पनि प्रदर्शन भने बिर्सनलायक थियो । राउन्ड रोबिन लिगमा अफगानविरुद्ध खेलेका दुवै खेलमा नेपालले खराब प्रदर्शन गर्‍यो । पहिलो चरणमा प्रतियोगिताकै सबैभन्दा कम योगफल खडा गर्दै ४९ रनमा अलआउट भएको नेपालले दोस्रो खेलमा पनि सय रनको आँकडा पार गर्न सकेन । अफगानबाहेकको जितेका खेलमा पनि नेपालको ब्याटिङ सन्तोषजनक रहेन । सुरुआती जोडी हरेक खेलमा चल्न नसक्दा मध्यक्रमले पनि ब्याटिङ सम्हाल्न सकेको थिएन ।


ADVERTISEMENT

# # #


अफगानिस्तानसँग नराम्रो हार बेहोरेको नेपालले त्यसपछि एसिया कपको छनोट प्रतियोगिताका रूपमा रहेको एसीसी इस्टर्न रिजन खेल्यो । त्यसको तयारीका लागि नेपाली टोलीले भारतका ब्याटिङ कन्सल्टयान्ट मोन्टी देशाईको साथ पायो । १० दिनका लागि नेपाल आएका मोन्टीले नेपाली ब्याट्सम्यानलाई ब्याटिङभन्दा पनि खेलमा कसरी अगाडि बढ्ने भन्ने सिकाए । त्यसको फलस्वरुप इस्टर्न रिजन प्रतियोगितामा नेपालले पछिल्लोपल्ट भन्दा केही सुधार गर्‍यो । ब्याटिङमा राम्रो योगफल खडा गरेको नेपाली टोलीको समयसँगै बलिङमा पनि निखार आएको देखिन्थ्यो ।

इस्टर्न रिजनको उपाधि जितेपछि नेपाली टोली एसिया कपलाई छनोट भयो । निरन्तर प्रशिक्षणमा रहेको टोलीको एसिया कपमा आउनुअघि बंगलादेशी राष्ट्रिय यू–१९ टोलीसँग मैत्रीपूर्ण खेल तय भयो । कन्सल्टयान्ट मोन्टी ढाका जानुभन्दा केही दिनअघि टोलीसँग मिसिए । बंगलादेशमा नेपालले सुरुआती दुई खेलमा पराजय भोगे पनि अन्तिम खेलमा भने जित हासिल गर्‍यो । नेपालको ब्याटिङमा निरन्तर सुधार त आएकै थियो, उक्त जितले टोलीको मनोबल उच्च बनायो । टोलीमा ब्याटिङ त सुध्रेकै छ, सँगसँगै टोलीको बेन्च स्ट्रेन्थ पनि राम्रो भएको छ ।

खेलाएको नेपालले दोस्रो खेलमा भारतविरुद्ध उनको स्थानमा पवन सर्राफ उतार्‍यो । भारतविरुद्ध बलिङलाई अझै बलियो पार्ने हिसाबले गरिएको निर्णय सफल पनि भयो । तेस्रो खेलमा मलेसियाविरुद्ध पवनलाई विश्राम दिएर टोलीले अर्का ब्याट्सम्यान प्रनित थापामगरलाई खेलायो । प्रनितको भूमिका उक्त खेलमा आवश्यक नपरे पनि यसले टोलीमा बेन्च स्ट्रेन्थ राम्रो रहेको बुझ्न सकिन्छ । यसबाहेक टोलीमा निकै अनुभवी ब्याट्सम्यान सन्दीप सुनार पनि छन् । एपीएफबाट व्यावसायिक क्रिकेट खेल्ने सुनारले यू–१९ विश्वकप पनि खेलिसकेका छन् ।

एसिया कपमा नेपालले पहिलो खेल खेल्नु थियो उही बंगलादेशसँगै । उक्त खेलमा नेपाली टोली जित दर्ता गर्न थोरैले चुक्यो । खेलमा शीर्ष ब्याट्सम्यान चुके पनि नेपालको मध्यक्रमले इनिङ्स सम्हालेर प्रतिस्पर्धात्मक योगफलसम्म नेपाललाई डोर्‍याएको थियो । अन्तिम ओभरसम्म तानिएको खेलमा नेपाल अभागी साबित भयो । दोस्रो खेलमा डिफेन्डिङ च्याम्पियन भारतविरुद्ध ऐतिहासिक जित हासिल गरेपछि नेपालको सेमिफाइनल पुग्ने ढोका खुल्यो । नेपालका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले उदाहरणीय प्रदर्शन गर्दै नेपालको जित सम्भव पारेका थिए ।

मलेसियाविरुद्ध स्पिनरहरू चम्केपछि पाएको ४६ रनको लक्ष्य टोलीले छैटौं ओभरमा हासिल गर्‍यो । यस खेलमा टोलीले छुट्टै योजना लिएर ब्याटिङ गरेको थियो, जुन सफल भयो । भारतविरुद्ध सुरुमा विकेट बचाउने र अन्तिमको ओभरमा आक्रामक ब्याटिङ गर्ने योजना बुनेको नेपाल आयोजक मलेसियाविरुद्ध पहिलो ओभरमै आक्रामक ब्याटिङ गर्न उत्रिएको थियो । दुवै खेलमा नेपालको योजना सोचेझैं कार्यान्वयन भयो ।

नेपाली युवा टोली सम्भवतस् अहिलेसम्मकै उत्कृष्ट लयमा देखिन्छ । सेमिफाइनलको यात्रा पहिलोपल्ट तय गरेको टोलीलाई अब गुमाउनु केही छैन । अब अगाडि छ त केवल अवसर । अफगानिस्तानसँग पुराना हारको बदलासँगै टोलीलाई पहिलोपल्ट फाइनल पुर्‍याउने सुवर्ण अवसर सिर्जना भएको छ । विगतका खेलमा झैं योजना कार्यान्वयन हुने र खेलाडीले आशातीत प्रदर्शन गर्ने हो भने इतिहासको अर्को पानामा पनि युवा टोलीले आफ्नो स्थान बनाउने छ ।