काठमाडौं – सिद्धार्थ बैंक लिमिटेडकोे प्रमुख कार्यकारी अधिकृतमा सुन्दर प्रसाद कँडेल नियुक्त भएका छन् । मंसिर २७ गते बसेको बैंक संचालक समितिको ३८५ औँ बैंठकले कँडेललाई आगामी ४ वर्षे कार्यकालका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।


ADVERTISEMENT


यसअघि बैंकका तत्कालीन प्रमुखकार्यकारी अधिकृत शम्भु नाथगौतमले आफ्नो ४ वर्षे कार्यकाल सम्पन्न गरी बैंकको सेवाबाट अवकाश लिने निर्णय गरे पश्चात् कडेल कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको रुपमाकार्यरत थिए ।


ADVERTISEMENT

# # #


बैंकिङ्ग क्षेत्रको सेवामा नवनियुक्त प्रमुख कार्यकारी अधिकृत कँडेलको तीन दशकभन्दा लामो कार्य अनुभव रहेको छ । व्यवस्थापनमा स्नातकोत्तर हासिल गरेका कँडेल सिद्धार्थ बैंकमा विगत १६ वर्षदेखि विभिन्न उच्च व्यवस्थापकीय पदमा रहेर कार्य गरी विगत ४ वर्ष देखि बैंकको नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी वहन गर्दै आएका थिए ।

बैंक सञ्चालनमा विशेष दखल राख्ने कँडेलले सिद्धार्थ बैंकमा सेवाप्रारम्भ गर्नु अगाडि नबिल बैंकमा समेत करिब १७ वर्षको कार्य अनुभव समेत संगालेका छन् । प्रमुख कार्यकारी अधिकृत कँडेलको नियुक्तिबाट सिद्धार्थ बैंकलाई अझै उचाईमा लैजान मद्दत पुग्ने विश्वास बैंकले लिएको छ ।