स्याङ्जा – स्याङ्जामा आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन् । पक्राउ पर्नेमा भीरकोट नगरपालिका ६ फोक्सिङ बस्ने ५४ वर्षीय डबलबहादुर थापा रहेका छन् ।


ADVERTISEMENT


थापाले आफ्नै श्रीमती ४५ वर्षीया मायादेवी थापालाई कुटपिट गरी घाँटीमा सलको पासो लगाई धनसार कोठामा अचेत बनाइ राखेको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT

# # #


अचेत अवस्थामा रहेकी मायादेवीलाई उपचारका लागि अस्पताल पुर्‍याउनेबित्तिकै चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका थिए । प्रहरीले अभियुक्तलाई पक्राउ गरी कारबाहीको पक्रिया अगाडि सारेको छ ।