काठमाडौँ – सुनिल बहादुर थापा नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । काँग्रेस १४औँ महाधिवेशनमा खुलातर्फ केन्द्रीय सदस्यमा उठेका थापा भारी मतसहित निर्वाचित भएका हुन् ।


ADVERTISEMENT


खुला तर्फको ३५ सिटका लागि भएको प्रतिस्पर्धामा आइतबार सम्पन्न मत परिणाम अनुसार थापाले २४७२ मत ल्याएको काँग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ । केन्द्रीय सदस्यतर्फ सर्वाधिक मत ल्याउनेको सूचिमा उनी १४औँ स्थानमा रहेका छन् ।


ADVERTISEMENT

# # #


राप्रपाको राजनीति हुँदै काँग्रेस प्रवेश गरेका थापा यसअघि काँग्रेस सह-महामन्त्री थिए । धनकुटाका थापा पूर्वप्रधानमन्त्री स्व. सूर्यबहादुर थापाका छोरा हुन् ।