काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमालेले संसदीय मर्यादा उलंघन गरेको आरोप लगाएका छन् ।


ADVERTISEMENT


पार्टीको समाजवादी शैक्षिक परामर्श व्यवसायी मञ्चको घोषणासभालाई आइतबार काठमाडौंमा सम्बोधन गर्दै नेपालले सांसदहरुले बोल्न पाउने अधिकारलाई हनन गर्दै संसद बैठक अवरोध गरेर एमालेले संसदीय मर्यादा उलंघन गरेको आरोप लगाएका हुन् ।


ADVERTISEMENT

# # #


उहाले पटक पटक बिघटन भएर पुनर्स्थापित संसदलाई एमालेले निरर्थक बनाउने प्रयास गरिरहेको पनि बताए । अध्यक्ष नेपालले एमाले प्रतिगमनको मतियार भएको र नेपाललाई इतिहासको पछाडी ढकेल्न खोजेको तर्क गरे ।

नेपालमा गणतन्त्रामक संविधान भएकै कारण संविधान ओलीलाई मन नपरेको उनको भनाई छ । उनले एमाले नेतृत्वको सरकारले तीन बर्ष बेकारमा खेर फालेको धारणा राखे ।

कार्यक्रममा अध्यक्ष नेपालले समाजवादी शैक्षिक परामर्श व्यवसायी मञ्चका पदाधिकारीलाई सपथ खुवाएका थिए ।