काठमाडौँ – उद्योगपति विनोद चौधरी नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । १४औँ महाधिवेशनमा मधेशी तर्फको आरक्षण कोटामा केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएका चौधरी मतगणना सकिएसँगै सोमबार मंगलबार निर्वाचित भएका हुन् र


ADVERTISEMENT


चौधरीले २ हजार २०६ मत ल्याएको काँग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ । गत निर्वाचनमा समानुपातिक उम्मेदवार बनेका चौधरी प्रतिनिधिसभा सदस्य समेत रहेका छन् ।


ADVERTISEMENT

# # #


मधेशी क्लस्टरमा पाँच केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था काँग्रेस विधानमा रहेको छ । सोही अनुसार अजय चौरसिया २ हजार ५२२, चन्द्रमोहन यादव २ हजार १३८, महेन्द्रकुमार राय १ हजार ९८४ र दिनेशकुमार यादवले १ हजार ९५९ मत प्राप्त गरी निर्वाचित भएका छन् ।